काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । मिस युनिभर्स प्रतियोगितामा भाग लिन उनी त्यसतर्फ गएको बताइउको छ ।
उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले बिदाइ गरेको थियो । विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै सो्फियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् ।
आफ्नो तयारीप्रति ढुक्क भएको बताउँदै सोफियाले भनिन् म ताज जितेर लिएर आउनेछु । मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ ।
अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुन लागेको यस पटकको मिस युनिभर्समा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् ।
प्रतिस्पर्धाको फाइनल जनवरी १४ मा हुनेछ । जहाँ ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।