काठमाडौं । चर्चित कलाकार नाजिर हुसेनले फेसबुकमा ढाका टोपी लगाएको तस्बिर राख्दै ‘म पनि यही माटोको हो’ भनेर लेखेका छन् ।
नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नाजिरले सामाजिक सञ्जालमा ढाका टोपी लगाएको तस्बिर पोस्ट गर्दै आफ्नो नाम पढेर सोधिने प्रश्न र त्यसको जवाफ दिँदै भनेका छन् नामका कारण प्रायः सोधिने नेपाली कि भारतीय, हिन्दू कि मुसलमान भन्नेहरुलाई मेरो यही टोपी उत्तर हो ।
बारास्थित सिमरामा जन्मे(हुर्केका उनी मुश्लिम समुदायका हुन् । तर, उनी हिन्दू परम्परालाई पनि उतिक्कै सम्मान गर्छन् । उनी ईद पनि मनाउँछन् र भाईटीका पनि लगाउँछन् । नागरिकता वा पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर आफूलाई धेरैले इन्डियन मुस्लिम कि नेपाली मुस्लिम रु हिन्दू कि मुसलमान रु भनेर सोध्नेहरुलार्य उनले यही तस्विर उत्तर भएको बताउका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘मान्छे बन्न खोज्दैछु, मान्छे बन्न दिनुस् । म पनि यही माटोको हो, मेरो शरीरमा पनि रगत नै हो बग्ने, देशको कुरा आउँदा तपाईंलाई जति दुख्छ मलाई पनि त्यति नै दुख्छ, तपाईंलाई जति खुशी लाग्छ मलाई पनि त्यति नै खुसी लाग्छ । हरेक नेपालीको शिरमा सगरमाथाझैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच, विचार अग्लियोस् ।’