रसफोर्डको निर्णायक गोल — OSNepal

रसफोर्डको निर्णायक गोल

LC (KTM) January 01, 2023 0

काठमाडौं, १७ पुस : मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले पराजित गरेको छ ।

शनिबार रातिको जितसँगै १६ खेलमा ३२ अंक जोडेको युनाइटेट चौथौ स्थानमा उक्लिँन सफल भएको छ । पराजित उल्भ्स १७ खेलमा १३ अंकका साथ रेलिगेशन क्षेत्रमा रह्यो । 

उल्भ्सको घरेलु मैदान मोलिनेयुक्स मैदानमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रसफोर्डले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन् ।

४६ औं मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका रसफोर्डले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै युनाइटेडलाई तीन अंक जोडेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर