नेपाल टी-ट्वान्टी लिगमा आशिफ र आरिफको बिस्फोटक ब्याटिङसंगै पोखरा ९ विकेटले बिजयी — OSNepal

नेपाल टी-ट्वान्टी लिगमा आशिफ र आरिफको बिस्फोटक ब्याटिङसंगै पोखरा ९ विकेटले बिजयी

LC (KTM) December 31, 2022 0

नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लय समातेको छ । लगातार पराजय भोगिरहेको पोखरा आफ्नै छैटौ खेलबाट लय समात्न सफल भएको हो । पोखराले आजको जित संगै लगातार दोस्रो जित हात पारेको छ । पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई पोखराले ९ विकेटले पराजित गरेको हो ।

टियु मैदानमा भएको खेलमा लुम्बिनीले पोखरालाई १ सय २८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । आसिफ ७७ रनमा अविजित रहँदा आरिफले अविजित २६ रन बनाए ।

सुमित मर्हजन १३ रनमा आउट भएका थिए । लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनामए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाए ।

पोखराका लागि विपिन खत्री र जाहिर खानले समान ३-३ तथा आरिफ शेख,तुल बहादुर थापा र सिद्धान्त लोहनीले समान १-१ विकेट लिए । हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर