काठमाडौं । पतिको मृत्युपछि छोराछोरीलाई पाल्न र पढाउन समेत धौ धौ भएकी सुमित्रा एकाएक करोडपति बनेकी छिन् । केरलामा आर्थिक संकटबाट गुज्रिरहेकी ४६ वर्षीया सुभद्रा आफ्नो पतिको मृत्युपछि जीवन धान्न संघर्ष गरिरहेकी थिइन् ।
बालबालिकालाई खुवाउने पैसा पनि थिएन । यस्तो अवस्थामा उनले आफ्ना छोराछोरीको महिला शिक्षिकासँग ५ सय रुपैयाँ ऋण मागेपछि उनको जिन्दगीमा टनिगं पोन्ट आउँछ र उनको भाग्य बदलिन पुग्छ ।
सामाजिक सञ्जालमा क्राउडफन्डिङमार्फत महिलाले ५० लाख भारतीय रूपैयाँ ९८० लाख नेपाली रूपैयाँ० भन्दा बढीको चन्दा पाएपछि उनी अहिले लखपति मात्रै होइन करोडपति बनेकी छिन् । जुन शिक्षकसँग उनले दुखमा ५ सय रुपैयाँ मागिन् उनैले सुभ्रदाका लागि सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् र सुभद्राले क्राउड फण्डिङबाट ५४ लाख ३० हजार भारु पाइन् ।
जुन ८० लाख बढी नेपाली रुपैयाँ बराबर हुन्छ । तीन छोरामध्ये कान्छोलाई ‘सेरेब्रल पाल्सी’को समस्या भएकाले सुभद्राले काम गर्न सकिनन् । यस्तो अवस्थामा बच्चाको निरन्तर हेरचाह आवश्यक हुन्छ। सुभद्राको परिवारको अवस्थाबारे गिरिजा हरिकुमारले फेसबुकमा यो रहस्य खोलेपछि उनको पछिल्लो अवस्था बाहिर आएको हो । जहाँ उनलार्य अपरिचितहरुले पनि ठूलो सहयोग गरेका थिए ।