एमडीएमएस स्थगित भन्सार पनि सहज — OSNepal

एमडीएमएस स्थगित भन्सार पनि सहज

LC (KTM) December 31, 2022 0

काठमाडौं । मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत तत्काललाई यो व्यवस्था लागू नगराउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको यो निर्देशनसँगै मोबाइल दर्ताका लागि स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालन पनि स्थगित भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेको थियो । मोबाइलको अवैध व्यापार बढेको र चोरी अथवा हराएको अवस्थामा फेला पार्न सहज हुने भन्दै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याउने तयारीमा प्राधिकरण थियो ।

यो प्रणाली लागू भएपछि विदेशबाट आउने हरेकले नेपालमा मोबाइल अनिवार्य रूपमा दर्ता गर्नुपर्ने प्रावधान राखिएको थियो । दर्ताका लागि व्यक्तिगत मोबाइलका लागि पनि भन्सारमार्फत प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था गरिएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर