काठमाडौँ उपत्यकामा मात्रै ४६१ कोरोना सङ्क्रमित थपिए — OSNepal

काठमाडौँ उपत्यकामा मात्रै ४६१ कोरोना सङ्क्रमित थपिए

LC (KTM) July 04, 2021 0

काठमाडौँ -काठमाडौँ उपत्यकामा पछिल्लो समय ४६१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३४२, ललितपुरमा ८८ तथा भक्तपुरमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप १,६०३ सङ्क्रमित भेटिए-नेपालमा थप एक हजार ६०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ । थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो । हालसम्म छ लाख नौ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

थप २७ सङ्क्रमितको मृत्यु -पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर