शिक्षामन्त्री श्रेष्ठ लगायत महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई सर्वोच्चमा रिट( पुर्णपाठसहित) — OSNepal

शिक्षामन्त्री श्रेष्ठ लगायत महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई सर्वोच्चमा रिट( पुर्णपाठसहित)

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत भएको भन्दै सर्वोच्चमा मुद्धा दायर गरेकी छन् । दलित भनेर कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्ष बनाई सर्वोच्चमा मुद्धा दर्ता गरेकी हुन् ।

दायर गरिएको रिटमा भनिएको छ, विपक्षीले आफूमाथि जातीय भेदभाव तथा छुवाछुतजन्य कसुर विरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ विपरीत कसुरजन्य कार्य गरेका छन् । उनीहरु विरुद्ध संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही गरियोस् भन्दै रिटमा उल्लेख गरिएको छ ।

साथै शिक्षा मन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ ।

रिटको पुर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर