रुकुम पश्चिम- अवैध तरिकाले अमेरिका छिर्न लागेका रुकुम पश्चिम आठबिसकोट– १० भयाउनेका २० वर्षीय मदन शाहीको पानामाको जंगलमा मृत्यु भएको छ ।
पानामामा खोला तर्ने क्रममा बगेर ज्यान गएको बताइएको छ । खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर भाइको मृत्यु भएको उननका भाइले बताए ।
भाइको टोलीमा अन्य नेपाली नभएका कारण मृत्युको जानकारी आउन समय लागेको उनले बताए। मृतक मदन पाँच भाइमध्येका काइँला हुन्। उनी गत फागुन १८ गते अमेरिकाका लागि नेपालबाट निस्किएका थिए।
अहिलेसम्म भाइका लागि करिब ४० लाख खर्च भइसकेको बताइएको छ । भाइको शव नेपाल ल्याउन पहल भइरहेको बताइउको छ ।