अदालतको फैसला पछि पार्टी एकता हुन्छ : गौतम — OSNepal

अदालतको फैसला पछि पार्टी एकता हुन्छ : गौतम

LC (KTM) July 04, 2021 0

काठमाडौँ २९ असार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको लागि अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधव नेपालको रिस शान्त हुनुपर्ने बताएका छन् । आज संसद भवनमा भएको राष्ट्रिय सभाको बैठक पछि बाहिरिने क्रममा उपाध्यक्ष गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सञ्चार माध्यमहरुसँग बोल्दै गौतमले ओली र नेपालको रिस शान्त नहुन्जेल सम्म दोस्रो तहका नेताहरुको प्रयास सफल नहुने बताएका छन् । आफु यी दुई नेता रिस शान्त पार्न प्रधानमन्त्री समेत रहेका ओलीको पक्षमा लोगको बताएका गौतमले अघि भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि, दुईतिर तिनतिर बाँडिएकालाई नै एकता गराउने हो, अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो, पार्टी एकता गराउन म केपी ओलीतिर लागेको छु ।

गौतमले बताए अनुसार अदालतको फैसला पछि पार्टी एकता हुने भएको छ । ‘एकता सम्भव छ, अहिले सम्भव नहोला, सर्वोच्चको निर्णयपछि एकता होला भन्ने लागेको छ ’ गौतमले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर