प्रदेश सभा सदस्य सुमन शर्माबाट मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता — OSNepal

प्रदेश सभा सदस्य सुमन शर्माबाट मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टी (जसपा)लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीले फिता लिएकी छन् । । रायमाझीले आज एक मार्फत शंकर पोखरल नेतृत्वको सराकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई गराएकी हुन् ।

प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ , ‘मैले पार्टी संसदीय दल र पार्टीको निर्णय विपरित शंकर पोखरेले नेतृत्वको सरकारमा सहभागी भई राज्यमन्त्रीको सपथ लिएको थिए । हाल राज्यमन्त्रीबाट राजिनामा दिएर पार्टी र संसदीय दलको निर्णय बमोजिम पोखरेल नेतृत्वको सरकारको विपक्षीमा रहेने छु । साथै जसपाको प्रदेश संसदीय दलको विधानको धारा १६ (१) अनुसार दुई वर्षसम्म दलको नेता माथि अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने व्यवस्था राखी दलको नेतामा सहसराम यादवलाई चयन गरी पार्टीको विधानको धारा २८ (३) बमोजिम अनुमोदन भई प्रदेशसभा संसद सचिवलयमा विधान दर्ता भएकाले अब पार्टीको मूलधारमा रही काम गर्नु छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर