काठको मुङग्रो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने घिमिरे पक्राउ — OSNepal

काठको मुङग्रो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने घिमिरे पक्राउ

LC (KTM) July 04, 2021 0

मोरङ २० असार । काठको मुङग्रो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक पुरुष शनिबार बिहान पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा वेलबारी नगरपालिका ७ बस्ने ५६ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया आफ्नै श्रमिती सीता घिमिरेको हत्या गरेका हुन् ।

शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थले मातिएका घिमिरेले राति सुतेको बेलामा काठको मुङ्ग्रो प्रहार गरेको प्रहरीले जनाएको छ । निजलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका ७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार घिमिरेलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर