स्पेनको चौंथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा दोस्रो जित निकालेको छ । सिपीले काठमाडौं -११ लाई पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कासेरेन्योले काठमाडौं -११ लाई एकका बिरुद्ध दुई गोलले पराजित गरेको हो ।
कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोलको महत्वपुर्ण योगदान दिए । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं-११ का लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काएका थिए।
यसअघि कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको थियो । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।