अवतार २ बर्षकै धेरै कमाउने फिल्म , ८ हजार ३ सय करोडको ब्यापार — OSNepal

अवतार २ बर्षकै धेरै कमाउने फिल्म , ८ हजार ३ सय करोडको ब्यापार

LC (KTM) December 29, 2022 0

निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’लाई विश्वभरका दर्शकले रुचाइरहेका छन् । डिसेम्बर १६ मा विश्वभर रिलिज भएको यो फिल्म दर्शकको मन परेको छ । यही कारणले गर्दा रिलिज भएको १४ दिनमा नै सन् २०२२ मा अरु कुनै फिल्मले गरेको हुनसक्ने गरेको छ । अवतारले १४ दिनमा बक्स अफिसमा १ अर्ब डलर कमाएको छ ।

हो, तपाईंले सही पढ्नुभयो। ‘अवतारः द वे अफ वाटर’ ले विश्वव्यापी बक्स अफिसमा धमाका मचाएको छ । रिपोर्टका अनुसार यो फिल्मले १४ दिनमा एक अर्ब डलर अर्थात करिब ८३०० करोडको व्यापार गरेको छ । योसँगै यो सन् २०२२ मा सबैभन्दा छिटो एक अर्ब डलर कमाउने फिल्म बनेको छ । ‘अवतार २’ बाहेक अरु दुई फिल्मले मात्रै बक्स अफिसमा एक अर्ब डलरको आँकडा छुनेका छन् ।

पहिलो हलिउड सुपरस्टार टम क्रुजको फिल्म टप गनस् माभेरिकु र दोस्रो थियो जुरासिक वर्ल्ड डोमिनियन . तर, निर्देशक जेम्स क्यामरुन फरक र राम्रो प्रविधिमा बनेको आफ्नो फिल्मले दुई अर्ब डलर कमाउन सक्ने बताउँछन् । यसैबीच, जेम्स क्यामरुनको द्दण्ण्ढ फिल्म ुअवतारु अझै पनि विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म बनी रहेको छ। फिल्मले विश्वभर २।९७ बिलियन डलर अर्थात् करिब २५ हजार करोड कमाएको थियो ।

‘अवतार २’ को यो रेकर्ड तोड्न निकै गाह्रो भएको ट्रेड विश्लेषकहरुको भनाइ छ, किनभने कोभिड महामारीपछि सिनेमा हलमा फिल्म हेर्नेको संख्या अझै कम छ । अवतार मार्फत निर्देशक जेम्स क्यामरुनले दर्शकहरूलाई पान्डोरा नामक ठाउँको परिचय गराए। यस साइन्स फिक्शन फिल्मको सिक्वेल ‘अवतार २’ मा पाण्डोरामा बस्ने मानिसहरुको थप कथा देखाइएको छ ।

सबै मिलेर आफ्नो सहरलाई मानिसबाट जोगाउन लागेका छन् । जेम्सले अवतार ३, ४ र ५ पनि घोषणा गरेका छन् । रिपोर्टका अनुसार यी फिल्महरू २०२४, २०२६ र २०२८ मा आउनेछन्।अवतार २ मा साम वर्थिङ्टन, जो साल्दाना र केट विन्सलेटसँग अन्य हलिउड कलाकारहरूले काम गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर