गृहमन्त्री पौडेललाई महराको प्रश्न : अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ? — OSNepal

गृहमन्त्री पौडेललाई महराको प्रश्न : अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । गृहमन्त्री विष्णु पौडेलले डडेल्धुराकी स्वास्थ्यकर्मी अस्मिता धामीको हत्यारा पत्ता लगाउन सरकार बताएका छन् ।

आज संसद भवनमा बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री पौडेलले यस विषयमा सरकार सक्रियाताका साथ लागि परेको र हत्यारालाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालय संवेदनशिल भएर काम गरिरहेको बताएका हुन् । यस विषयमा राष्ट्रिय सभामा सहभागी सदस्य महेश महरा गृहमन्त्री धामीलाई प्रश्न गरेका हुन् ।

महराले अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ? भन्दै बैठकमा प्रश्न गरेका हुन् । यसको जवाफमा पौडेलले भने, ‘डडेल्धुरामा अस्मिता धामीको प्रश्नमा गृह प्रशासन अत्यन्त सक्रियताका साथ लागिरहेको छ । म आशा गर्छु, छिटोभन्दा छिटो अपराधीलाई कानूनको दायरामा ल्याउन र कानूनअनुसार दण्डित गर्न समर्थ हुनेछौं’ ।

गत असार ५ गते पशुराम नगरपालिका ८ को आधारभुत स्वास्थ्य कार्यालयको कार्यालय सहयोगी अस्मिता धामी बेपता भएको चार दिनपछि शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर