काठमाडौँ २० असार । संसद विघटनको मुद्धामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीश जबराले प्रश्न सोधेका छन् ।
अदालतले प्रमाणीकरण गरिदिए हुन्छ भन्ने तर्क आयो । अदालतले यो अभ्यास गर्न राम्रो हुन्छ ? अदालतले बहुमत छ, नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ ? संविधानको धारा ७६ (५) ले यही भनेको हो ? इजलासमा जबराले प्रश्न गरे । धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तको माग गर्दै अदालत आएका सांसदहरुको संख्यालाई लिएर अदालतले फैसला गर्न मिल्नछ भन्दै जबराले प्रश्न गरेका हुन् ।
जबराको प्रश्नमा पोखरेलले राष्ट्रपतिले जुन आधारमा प्रधानमन्त्री नियुक्त नगर्ने निणर्य गरिन् त्यसले समस्यामा पारेको भन्दै विश्वासको मत पाउने आधार राष्ट्रपतिकहाँ प्रस्तुत भइसक्दा पनि राष्ट्रपतिले अस्वीकार गरेकाले सांसदहरूको बहुमत संख्या सर्वोच्च अदालतमा आउनुपरेको बताएका छन् ।