झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु — OSNepal

झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

LC (KTM) December 28, 2022 0

काठमाडौं- रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अब भने झन्डै तीन वर्षपछि नेपाली सामान चीनतर्फ निर्यात सुरु गरेको हो ।

हिजो ५० लाख नेपाली रुपैयाँ बराबरका सामान बोकेको आठ वटा कन्टेनर चीन गएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको हो ।

रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत एक सय ८३ वटाभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर