काठमाडौँ । नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी र जीम ट्रेनर सुशान्त प्रधान एक समय गहिरो प्रेममा थिए । यो जोडी करिब १ वर्षदेखि प्रेममा रहेका थिए ।
नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीसँगको एउटा तस्वीर पोष्ट गर्दै प्रधानले ‘ह्याप्पी बर्थ डे लभ लेखेको करिब १ वर्ष पुग्न लाग्दा अहिले यो जोडीको कुनै पनि तस्विर सामाजिक संजालमा देखिँदैन ।
मलिना र सुशान्तको इन्स्टाग्राममा एकसाथ खिचिएका कुनै पनि तस्विर अहिले भेटीदैनन् । फिल्मी बजारमा पनि सुशान्त र मलिना अलग भएको चर्चा चलिरहेका बेला उनीहरुले एक अर्काका तस्विरहरु लुकाएसँगै यो जोडीबिच ब्रेकअप भएको बुझ्न सकिन्छ । यस विषयमा हामीले पटक पटक सम्पर्क गर्न खोज्दा पनि उनीहरु कुरा गर्न चाहेनन् ।
केही समयदेखि पोडकास्ट संचालन गरिरहेका सुशान्त एक्लो जीवनमा रमाइरहेको उनको सामाजिक संजाल र कुराकानीबाट बुझ्न सकिन्छ ।