आज बस्ने राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री पौडेलले यी विषयमा सम्बोधन गर्दै — OSNepal

आज बस्ने राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री पौडेलले यी विषयमा सम्बोधन गर्दै

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । आज बस्ने राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने भएका छन् ।

नयाँ बानेश्वरको संसद भवनमा केहि बेर पछि शुरु हुने बैठकमा गृहमन्त्री पोडेलले समसामयिक राजनितिक तथा अन्य विषयमा सम्बोधन गर्ने भएका संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

त्यस्तै, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर