नेपालको संसदमा दुईवटा विश्व रेकर्ड हुने भए : नेता भट्टराई — OSNepal

नेपालको संसदमा दुईवटा विश्व रेकर्ड हुने भए : नेता भट्टराई

LC (KTM) July 04, 2021 0

ताप्लेजुङ- सांसद योगेश भट्टराईलेओली र नेपाल मिल्नुको नभएको बताएका छन् । पाल पत्रकार महासंघ ताप्लेजुङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताए । ‘दुवै तर्फबाट बनाइएका समानान्तर कमिटि, गरिएका समानान्तर गतिविधि खारेज गर्नुपर्छ, सहमतिमा फर्कनुपर्छ,’ उनले भने, मिल्नुको विकल्प छैन ।

त्यस्तै नेपालको संसदमा दुईवटा विश्व रेकर्ड हुने पनि उनले बताएका छन् । पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दुस्रो पटक पनि पुर्नस्थापना हुने सम्भावना रहेको दाबी गर्दै उनले ‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वल्र्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वल्र्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुर्नस्थापना अदालतले गर्ने बताए ।

‘यो पटक पनि पहिलेकोजस्तै पुर्नस्थापनाका तर्कहरु उत्तिकै बलिया छन्, उत्तिकै जोडदार छन्, संवैधानिक छन्,’ उनले भने ‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरु दुःखदायी छन्, तर देख्दा रोचक भएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर