काठमाडौँ २० असार । तिन बुँदे सहमति अनुसार आफ्नो नेता कार्यकर्ताको रिहाई ढिला भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली प्रधानमन्त्री केपी ओलीलाई भेट् आलुवाटार जाने भएका छन् ।
गत फागुन २१ गते सरकार र विप्लव समुहबिच तिन बुँदे सहमति भएको थियो । सहमति अनुसार मुलधारको राजनीतिमा आएको विप्लवल आफ्नो माग पुरा नभएपछि आज फेरि ओलीसँग भेटवार्ता गर्न बालुवाटर जाने भएको हो ।
भेटको विषयमा आज नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पनि कार्यक्रम रहेको छ ।