सानेपाको राममन्दिरनजिकै डेराभित्र मृत अवस्थमा फेला परेको शव भारतिय नागरिक भएको खुलासा — OSNepal

सानेपाको राममन्दिरनजिकै डेराभित्र मृत अवस्थमा फेला परेको शव भारतिय नागरिक भएको खुलासा

LC (KTM) July 04, 2021 0

ललितपुर २० असार । सानेपामा मृत अवस्थामा फेला परेको एक पुरुषको शव भारतिय नागरिक भएको खुलासा भएको छ ।

सानेपाको गुसिटोलमा रहेको राममन्दिरनजिकै डेराभित्र मृत अवस्थमा फेला परेको शव गन्हाउन थालिसकेको ललितपुर प्रहरीले जनाएको छ । घटना शुक्रबार भएको हुने सक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानले जनाएको छ ।

कोठा भित्रका झ्यालबाट हत्या गरेर अपराधि फरार भएको हुन सक्ने प्रहरीले जनाएको छ । इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै मृतक पुरुषको परिचय भने खुलेको छैन । घटनास्थलमा परिचालन गरिएको तालिम प्राप्त कुकुर मृतकको कोठामा निस्केर सडकमा निस्किसकेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर