अनाथ आश्रममा बालबालिकाकासँग यसरी जन्म दिन मनाइन नेवाः सुन्दरी नितु डंगोलले — OSNepal

अनाथ आश्रममा बालबालिकाकासँग यसरी जन्म दिन मनाइन नेवाः सुन्दरी नितु डंगोलले

LC (KTM) July 04, 2021 0

नेवाः सुन्दरी नितु डंगोलले आफ्नो जन्म दिन बालबालिकाका साथ मनाएकी छिन्। मिस नेवाः ११३९ नितु डंगोलले शुक्रवार परेको आफ्नो जन्म दिन नयाँ वानेश्वरको संगम चोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन्।

उनले आश्रममा आश्रित ४० बालबालिकाका बीच केक काटेर जन्म दिन मनाइन्। सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरुलाई कपी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराएकी थिइन्।

डंगोलले बालबालिकाको खानपानमा सघाउन खाद्य सामग्री पनि उपलब्ध गराएकी थिइन्। आफ्नो जन्म दिन फजुल खर्च गरेर मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टी मिलेको डंगोलले बताइन्। डंगोलले मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवाः कृषा महर्जन, फष्ट रनर्सअप प्रिया तुलाधरलगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर