पार्टी एकताको लागि नेपाललाई मनाउन ओली पक्षका उपमहासचिव पौडेल लगायतका नेताहरु नेपाल निवासमा — OSNepal

पार्टी एकताको लागि नेपाललाई मनाउन ओली पक्षका उपमहासचिव पौडेल लगायतका नेताहरु नेपाल निवासमा

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । वरिष्ठ नेता माधव नेपाललाई मनाउन अध्यक्ष केपी ओली पक्षका अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु नेपाल निवास कोटेश्वर पुगेका छन् । पार्टी एकताको लागि दोस्रो तहमा नेताहरुको सक्रियता बढ्ने क्रममा आज नेपाललाई सहमति गराउन नेपाल निवास पुगेका हुन् ।

पार्टी एकताको लागि दशौँ महाधिवेशन खारेज गरी केन्द्रिय कमिटिमा रुपानतर गरेपछि बसेको पहिलो केन्द्रिय कमिटिको बैठकले नेपाल समुहका २३ जना सांसदहरुलाई सभापति शेरबहादुर देउवालाई दिएको दुई दिनको समय भोली सकिँनै लाग्दा आज दोस्रो तहका नेताहरुमा नेपाल निवास पुगेका छन् ।

हिजो दोस्रो पटक बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकमा प्रधानमन्त्री समेत रहेका केपी ओलीले सर्वोच्चको फैसला आउनु अगावै हस्ताक्षर फिर्ता नलिए नेपाल समुहका २३ जना सांसदहरु पार्टी सदस्य समेत नरहने बताएका थिए । दोस्रो तहका नेताहरु केहि बेर अगाडी मात्र नेपाल निवास पुगेका हुन् ।

त्यसैगरी , आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङले नेपालसँग भएको छलफलको ब्रिफिङ गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर