काठमाडौं । नायिका सुवेक्षा खड्कालाई प्रेमीले आफ्नो जन्मदिनमा विवाहको प्रस्ताव राखेका छन् । सुवेक्षालाई प्रेमी आश्वासन जोशीले फिल्मी शैलीमा घुँडा टेकेर आइतबार चितवनको बराही जंगल लञ्जमा मानिसहरुको बीचमा विवाह प्रस्ताव राखेका हुन् ।
मिस नेपाल इन्टरनेशनल २०१२’ तथा ‘वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७’ विजेतासमेत रहेकी सुवेक्षालाई जोशीले आफ्नै जन्म दिनको अबसर पारेर विवाहको प्रस्ताब राखेका हुन् । उनले प्रस्तावको भिडियो र तस्बिर सामाजिक संजालमा सेयर गर्दै लेखेकी छन् ‘खासमा उनको जन्मदिन थियो तर सरप्राइज मैले पाएँ ।’
सुवेक्षाले निकै उत्साहित भएर प्रेमीले दिएको औँठी स्वीकार गरेकी छिन् ।उनका प्रेमी जोशी अमेरिकामा बस्दै आएका छन् । सुवेक्षा प्रेमीको जन्मदिन बनाउन केही दिनअघि चितवन पुगेको बताइन्छ । यो जोडीलाई थुप्रै सेलिब्रेटीले बधाई दिएका छन् ।