काठमाडौं । विवाहपछि घरजममा लागेकी अभिनेत्री विपना थापा डेढ दशकपछि चलचित्र अभिनयमा फर्किएकी छन् । उनी चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिकाका रूपमा अनुबन्धित भएकी हुन् ।
पछिल्ला चलचित्र ‘संघर्ष जिन्दगीको’पछि उनले चलचित्रमा काम गरेकी थिइनन् । यो चलचित्र निर्माण भएको डेढ दशक भए पनि १४ वर्षअघि रिलिज भएको थियो । भारतीय नागरिकसँग विवाह गरेकी विपना विवाहपछि श्रीमान्सँग कोलकातामा बस्दै आएकी थिइन् ।
यस चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । यस चलचित्रमा विपना थापासँगै सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्दलगायतका नेपाली र भारतीय कलाकारको अभिनय रहने निर्देशक पन्तले बताएका छन् । राजधानि दैनिकमा खबर छ । अभिनेत्री निता ढुंगानाले यो चलचित्र निर्माण गर्दैछिन् । निता यो चलचित्रमा मुख्य नायिकाका रूपमा छिन् ।
आपूmलाई राम्रो भूमिकामा प्रस्ताव गरेकाले फिल्म ह्रस्व दीर्घमार्फत चलचित्रमा फर्किएको विपनाले बताएकी छन् । यो चलचित्रको चलचित्रको माघबाट छायाकन सुरु गरिने भएको छ । भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुने पनि निर्देशक पन्तले बताएका छन् ।