उरुग्वे संग संघर्षपुर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा — OSNepal

उरुग्वे संग संघर्षपुर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

LC (KTM) July 04, 2021 0

आज बिहान सम्पन्न कोपा अमेरिका फुटबलमा रोमाञ्चक खेल सम्पन्न भएको छ । आज कोलम्बिया र उरुग्वेको हेर्न लायक प्रर्दशन थियो । दुबै टिम अन्तिम चारमा स्थान बनाउन जोडतोडका साथ लागेका थिए तर अन्तिममा बाजि कोलम्बियाले मारेको छ । आईतबार बिहान कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा कोलम्बियाले ४–२ गोल अन्तरले पराजित गर्दै आफुलाई अन्तिम चारमा प्रबेश गराएको छ । उरुग्वेका लागि जोसे जिमिनेज र मार्टिया भिना अफाब सिद्ध भए । उनीहरु दुबैले गोल गर्न असफल रहे । कोलम्बियाले फाईनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर