लन्डन, १० पुस -प्रिन्स ह्यारी र श्रीमती मेघनले शनिबार द सनलाई पीआर स्टन्टको आरोप लगाएका छन् । सर्वाधिक विवादित एउटा लेखमा ह्यारी दम्पत्तिको आलोचनापछि उनलीहरुले पत्रिकाले स्टन्ट गरेको आरोप लगाएका हुन् ।
उक्त विषयलाई लिएर ब्रिटिश ट्याब्लोइडले क्षमा माग्नुका साथै दम्पतीको बारेमा धेरै आलोचना गरिएको स्तम्भ प्रकाशित गरेकोमा खेद समेत व्यक्त गरेको थियो ।
गत हप्ता जर्मी क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा बढी उजुरी परेका थिए । स्तम्भकारको विचार आफ्नै रहेको पनि पत्रिकाले माफी मागेको थियो । तर, कटु आलोचनामा मेघनका प्रवक्ताले पत्रिकाले मेघनसमक्ष सीधा माफी माग्न सम्पर्क नगरेको भन्दै आलोचना गरे ।
‘द सनले ससेक्सको डचेसलाई माफी माग्न सम्पर्क नगरेको तथ्यले उनीहरूको मनसाय देखाउँछ । यो पीआर स्टन्टभन्दा बढी केही होइन’, प्रवक्ताले भने ।