लगातारको वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो — OSNepal

लगातारको वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

LC (KTM) July 04, 2021 0

लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो। पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ। यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

उनले भने “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो, जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो। यहाँ सवारी आवगमन हुदैँन, पैदल, घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ। अहिले मस्र्याङ्दीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर