काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि कोच राजु लामाको टिमका करण राईले जितेपछि कोच प्रमोद खरेलले बधाई तथा शुभकामना दिएका छन् ।
शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेको आयोजकले घोषणा गरे लगत्तै कोच प्रमोदले सामाजिक संजालमा स्टाटस लेख्दै करणको उज्जवल भविष्यको कामना गर्दै राजु र करण दुवैलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
प्रतिस्पर्धामा टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् । टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।
दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार पाएका छन् ।