बाँके भूकम्पको उच्च जोखिममा ,नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन — OSNepal

बाँके भूकम्पको उच्च जोखिममा ,नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन

LC (KTM) December 23, 2022 0

बाँके- बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउनुहुन्छ । अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ ।

पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बाउनुहुन्छ ।उमपहानगरपालिकामा मात्रै ११ हजार आठ सय बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।

भूकम्पको जोखिम न्युनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ ।जोखिम हटाउन उपमहानगरपालिकामा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ । यसअघि विभिन्न आठ क्लष्टर बनएर छलफल गरिएको मस्यौदालाई टुङ्गोमा पु¥याउने प्रयास भएको परियोजनाका अधिकृत शिव सुवेदीको भनाइ छ ।

नेपाल रेडकस सोसाइटी, नेपालगञ्ज शाखाका सभापति गोबद्र्धन सिंह भूकम्पीय जोखिमलगायत विपद्को सामाना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको उहाँ बताउनुहुन्छ । यसअघि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगञ्जका सङ्काटासन्न क्षेत्रको जिआइएस म्यापिङ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर