प्रदेश १ मा आज २७१ जनामा कोरोना संक्रमण , ५८० जना एकै दिन संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा आज २७१ जनामा कोरोना संक्रमण , ५८० जना एकै दिन संक्रमणमुक्त

LC (KTM) July 03, 2021 0

प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इलाम र संखुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जना रहेका छन् । मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १–१ जना रहेका छन् ।

झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, विर्तामोडमा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि उदयपुरको त्रियुगामा १६, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, संखुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ । प्रदेश १ मा आज ५७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११४ महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर