विद्युत् जडानको काम गर्दा गर्दै अचानक करेन्ट लागेर प्रमोदको ज्या न गयो — OSNepal

विद्युत् जडानको काम गर्दा गर्दै अचानक करेन्ट लागेर प्रमोदको ज्या न गयो

LC (KTM) July 03, 2021 0

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृ त्यु भएको छ । प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद कुँवरको मृ त्यु भएको हो ।

विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक करेन्ट लागेर कुँवरको मृ त्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजङ्घा–२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर