काठमाडौं । क्यान्सर रोगकी बिरामी ६१ वर्षीया एप्रिल बार्डयूको रोग अपत्यारिलो तरिकाले निको भएको छ । खबर हो अमेरिकाको टेक्सासको ।
जहाँ बार्डयूले एक दिनमा फोक्सोको क्यान्सरबाट मुक्ति पाएकी छिन् । डाक्टरहरूले उनको फोक्सोमा ट्युमर पत्ता लगाए र केही घण्टामा नै हटाएसँगै उनी क्यान्सरबाट मुक्त भएकी हुन् ।
बिरामीलाई क्यान्सर भएको थाहा नै नभई निको हुँदा बिरामी र उनको परिवारमा खुशीको सिमाना नै रहेन । नियमित चेकअपका लागि अस्पताल गएकी ६१ वर्षीया एप्रिल बार्डयूको सीटी स्क्यानमा उनको दाहिने फोक्सोमा गाँठो देखियो । त्यसपछि डाक्टरहरूले क्यान्सरसँग सम्बन्धित धेरै परीक्षण गरे । एप्रिललाई प्रारम्भिक चरणको फोक्सोको क्यान्सर भएको रिपोर्टमा देखिए लगत्तै तुरुन्तै शल्यक्रिया गरेर उनको फोक्सोमा ट्युमर हटाएको डेलीमेलले लेखेको छ ।
शल्यक्रियापछि उनले भनिन् ‘यस्तो भएको छ भनेर मलाई विश्वास नै लागिरहेको छैन । केमोथेरापी वा विकिरण थेरापी बिना उपचार हुँदा सहज भयो । ’ टेक्सास हेल्थ ह्यारिस मेथोडिस्ट अस्पतालका शल्यचिकित्सक डा। रिचर्ड विग्नेसले रोबोटिक यन्त्रको सहयोगमा एप्रिलको शल्यक्रियाका लागि पाँच चिरा मात्रै गरियो ।
यसमा शरीरबाट क्यान्सर भएको तन्तु निकालेपछि अहिले बिरामी, उनको परिवार र चिकित्स्क सबै खुशी छन् । ६१ वर्षीया एप्रिल बार्डयूले पुर्नजीवन पाएकी छिन् ।