एक फोन कलमा यसरी पट्याएकी थिईन् किरणले आमिर खानलाई , किरण थिईन् उनको सहयाक निर्देशक आमिर थिए अभिनेता — OSNepal

एक फोन कलमा यसरी पट्याएकी थिईन् किरणले आमिर खानलाई , किरण थिईन् उनको सहयाक निर्देशक आमिर थिए अभिनेता

LC (KTM) July 03, 2021 0

बलिउडमा अहिले आमिर खान र किरण बीचको डिभोर्स चर्चाको बिषय बनेको छ । उनीहरुले बिबाह गरेको १५ बर्ष पछि अन्ततः अलग भएर बस्ने निर्णय गरे संगै सबै माझ चर्चाको बिषय बनेको छ । उनीहरु बीच सम्बन्ध राम्रो देखिएता पनि केही खटपट भएको बुझ्न सकिन्छ । यो आमिर खानको पहिलो सम्बन्ध बिच्छेद भने हैन ।

उनले यसअघिकी आफ्नी पहिलो श्रीमती रिता दत्ता संग पनि सम्बन्ध बिच्छेद गरेका थिए । बंगाली युवती रिता र अहिलेकी श्रीमती किरण संगको सम्बन्ध बिच्छेदको परिस्थिती भने फरक रहेको छ । रिता अलग धर्म मान्ने भएकोले परिवारको स्विकृती थिएन र तत्पश्चात उनीहरुले छुटिने निर्णय लिएका थिए । तर अहिलेकी दोस्रो श्रीमती किरण संग भने बाहिर बाट देख्दा एकदमै राम्रो रहेको थियो ।

किरण संग यसरी भएको भेट :

आमिर खान र किरणको पहिलो पटकको भेट सहायक निर्देशक र अभिनेताको रुपमा भएको थियो । सुपरहिट फिल्म लगानको शुटिंग शेटमा यी दुबै जना बिच भेटघाट र चिनजान भएको थियो । किरण लगान फिल्मको सहायक निर्देशकको रुपमा काम गरीरहेकी थिईन् । देखा देख भए पनि यी दुबै बिच सुरुमा लभ परेको थिएन ।

एक दिन कामको सिलसिलामा आमिर खानलाई किरणले फोन गरिन् । उनीहरु बीच त्यो दिन आधा घण्टा भन्दा बढी फोनमा कुरा भयो । किरणले के जादु गरीन् आमिर उनी तिर आकर्षित हुन पुगे । आमिर खानले एक अन्र्तबार्तामा उक्त फोन कल पछि आफुहरु नजिकिएको बताएका थिए ।

एक अर्कालाई मन पराउन थालेका यी दुबै जना २ बर्ष सम्म लिभ इन रिलेशनमा रहे र अन्ततः दुबै जनाले सन् २००५ मा बैबाहिक जिवन बाँधिने निर्ण लिए । बिबाह पछि पनि यी दुबै जनाको बाहिरी सम्बन्ध ठिकै थियो । उनीहरु दुबै जनाले सेरोगेसी मार्फत एक छोरालाई जन्म दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर