काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का सहकर्मी हुन् लियोनल मेस्सी र नेयमार । उनीहरु क्लबमा रहँदा मात्रै साथी नभएर क्लब बाहिर र खेलकुदको दुनियाँभन्दा टाढाँ रहँदा पनि सुख दुख बाँड्ने हितैसी हुन् ।
अहिले उनै हितेसीमध्येका एक अर्जेन्टिनालाई कतारमा फिफा विश्वकपको उपाधि दिलाएका कप्तान लियोनल मेस्सी विश्वभर चर्चाको शिखरमा रहेका बेला नेमारले मेस्सीलाई ‘बधाई ब्रदर’भन्दै लेखेका छन् ।
कुनै समयका सहकर्मी नेयमारले लियोनल मेस्सीलाई इन्स्टाग्राममा बधाई दिँदै ‘बधाई ब्रदर’ भनेर लेखेको पोस्ट अहिले भाइरल बनिरहेको छ । मेस्सीले फिफा विश्वकप जितेर आफ्नो करियरको लामो सपना पूरा गर्ने क्रममा फ्रान्सलाई पेनाल्टी किकमा पराजित गर्दा उनको भूमिका निकै महत्वपूर्ण रह्यो ।
निर्धारित समय र थप गरिएको समयमा ३९३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुग्दासम्म उनका सर्मथकहरुमा ढुकढुकी बढेको बढ्यै भएको थियो ।
अर्जेन्टिनाका लागि लियोनल मेस्सी २३ औं र १०८औँ मिनेटमा र एन्जल डि मारियाले ३६औँ मिनेटमा तथा फ्रान्सका लागि केलियन एमबाप्पेले ८०औं, ८१औं, ११८औँ मिनेटमा गोल गरेका थिए। अन्तिममा पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–२ गोलको जित निकाल्यो। अर्जेन्टिनाले तेस्रो पटक फिफा विश्वकपको उपाधि जित्न सफल भएको छ ।