काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला फिल्म ‘प्रसाद २’को छायांकनमा ब्यस्त छिन् ।
यही वर्ष व्यबसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी सुन्दरी नायिका केकी ‘प्रसाद २’मा चरित्र नारायणीको लुक्समा देखा परेकी छिन् ।
सेटबाट भर्खरै बाहिरिएको केकी अधिकारीको ताजा तस्वीरमा उनी लङकोट पहिरिएको अवतारमा देखा परेकी छिन् । तस्विरमा उनी पँधेरो र त्यससँगै रहेको मन्दिरको सेटमा फिल्म खिचिएको छ ।
बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट छायांकन सुरु भएको हो । अन्तरजातीय विवाह र प्रेम सम्बन्धको कथावस्तु पेस गर्ने यो फिल्ममा केकीको अपोजिटमा विपिन कार्की छन् ।
अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहाडी पनि छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् ।यसअघि ‘प्रसाद’मा नम्रता श्रेष्ठले अभिनय गरेकी थिइन् ।