निर्देशक आदित्य धर लाई आफ्नो मायामा फसाउन सफल बलिउड अभिनेत्री यामी गौतम अहिले आएर आफै एउटा कानुनी केशमा फसेकी छिन् । उनलाई बिदेशी रकम हिनामिना गरेको आरोप लागेको छ ।
इन्फोर्समेन्ट डिरेक्टोरेट ईडीले उनलाई जुलाई ७ अर्थात अबको ५ दिन भित्र उपस्थित हुन समेत आदेश दिएको छ । इडीले एक सूचना पठाउँदै यामीलाई आफ्नो वयान दर्ता गराउन बोलाएको हो । यसअघि पनि उनलाई इडीले बोलाएको थियो ।
यो दोस्रोपटक यामीलाई इडीले बोलाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । ईडीले उनलाई फोरियन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट एफईएमए अन्तर्गत सोधपुछ गर्न सूचना पठाएको बताइएको छ । यामी गौतमको व्यक्तिगत बैंक अकाउण्ट बाटा मुद्रा लेनदेनको कारोबार गरेको खुल्न आएको छ । उनले यो सबै कुरा गुपचुपमा गरेकी थिईन् ।