काठमाडौँ ३० बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका दिएको जानकारी अनुसार काठमाडौँमा मात्र २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना रहेका छन् । आज २१४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयलले जनाएको छ ।