रिहानकी आमालाई लिन वर्षा इटानी पनि विमानस्थल पुगेपछि लुकेन उनीहरुको प्रेम — OSNepal

रिहानकी आमालाई लिन वर्षा इटानी पनि विमानस्थल पुगेपछि लुकेन उनीहरुको प्रेम

LC (KTM) December 20, 2022 0

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’बाट चर्चा कमाएका वर्षा इटानी र रिहान गिरीले अस्विकार गर्दै आएको भएता पनि उनीहरु प्रेममा रहेको उनीहरुका फ्यानलाई भनिरहनु पर्दैन ।

अफेयरको चर्चाबीच यो जोडी मंगलबार एयरपोर्टमा सँगै देखिएपछि उनीहरु प्रेममा रहेको झलंग नै भयो । विमानस्थलमा पुगेका यी दुईलाई मिडियाले ‘रिलेसनसिप’बारे प्रश्न गरे पनि उनीहरुले सधा झै आफूहरु मिल्ने साथी मात्र भएको भन्दै प्रश्नलाई पन्छाए ।

खासमा आगामी शुक्रबार हुने भ्वाइसको ग्राण्ड फिनालेमा सहभागि हुन रिहानकी आमा र बहिनी काठमाडौं आइपुगेका थिए । उनीहरुलाई स्वागत गर्न रिहानसँगै वर्षा पनि एयरपोर्ट पुगेकी थिइन् ।

उक्त अवसरमा मिडियाले रिहानलाई नेपाली केटी विवाह गर्छु भनेर दिएको हालैका अन्तर्वार्ताबारे जिज्ञासा राखे लगत्तै रिहानकी आमा गीताले पनि छोराले नेपाली बुहारी बनाएमा आफूलाई खुशि र गर्व महसुस हुने बताउँदा उृनीहरु सबैको मुहारमा खुशी छचल्कियो ।

दुबैको चाहना भए मेरो तर्फबाट ओके भनेर आमाले अनुमती दिएपछि त्यहाँ बोलीरहनुपर्ने केही नै रहेन । वर्षाले पनि रिहानकी आमालाई भेट्न आफू उत्साहित र खुशि भएको बताइन् । गीताले छोरा रिहानको गायकीको प्रशंसा समेत गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर