वर्षासँगै आएको पहिरोले घर पुरिएर गोरखामा पत्नि पत्निको निधन — OSNepal

वर्षासँगै आएको पहिरोले घर पुरिएर गोरखामा पत्नि पत्निको निधन

LC (KTM) July 03, 2021 0

काठमाडौं । केहीदिनदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन ब्यबापक रुपमा प्रभावित बनेको छ । गएराती गोरखामा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्हरी कार्यालयका अनुसार सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले घर पुरिँदा च्यापिएर दम्पतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डे रहेका छन् । उनीहरुको शुक्रबार माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएका दम्पतीको शव ४ घण्टापछि निकालिएको जनाइएको छ । पहिरो गएको केही समयमा नै प्रहरी घट नास्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर