काठमाडौं – काठमाडौंमा शनिबार घरमा सुतिरहेका एक दम्पतीको ट्रिपरले च्यापिएर निधन भएको छ ।
खबर हो काठमाडौँको मुलपानीका । शनिवार बिहान बा ५ ख २५११ नम्बरको ट्रिपर अनियन्त्रित भई टहरामाथि खस्दा कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती तामाङको मृत्यु भउको हो ।
उनीहरुको सुतिरहेको अवस्थामा माथिबाट टिपर खस्दा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालक गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट नाको विषयमा तत्कालै प्रहरी घट नास्थल पुगेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाउको छ ।