काठमाडौं – स्पेनमा एक नेपालकिो मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की पोखरा – १३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतम रहेका छन् । क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेको बताइएको छ ।
दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्। उनी डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए। केही दिनअघि कोरोनाबाट संक्रमित भएर उनी अस्पताल भर्ना भएको र कोरोना जितेपछि निको भएर काममा फर्केको बताइएको छ ।
‘तर शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन नउठेर खोजी गर्दा घरभित्र सोफा तल लडिरहेको अवस्थामा फेला परेको बताइएको छ ।गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।