चिलीलाई खाता नै खोल्न नदिई ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश — OSNepal

चिलीलाई खाता नै खोल्न नदिई ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश

LC (KTM) July 03, 2021 0

काठमाडौं । चिलीलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । लुकास पाक्केटाको आर्कषक गोलले ब्राजिलले अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो ।

ब्राजिलका ग्याब्रियल जिसस रातो कार्ड खाएर बाहिरिएपछि कडा धक्का लागेको हो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बने पनि ब्राजिललाई कुनै असर भने परेन ।

दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाईनलमा स्थान पक्का गरेको हो । त्यसअघि पहिलो क्वार्टरफाईनलमा पाराग्वेलाई पेनाल्टीमा हराउदै पेरु पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरु ४–३ ले विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर