काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्री खान कसैको घर नधाउने बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ ।
हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्यो भने कारणसहित गर्छौं भन्दै मन्त्री खान र सरकारमा जान हतार नगर्ने बताएका हुन् । सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यही अनुसार अघि बढ्ने उनले बताए ।
उनले नवनिर्वाचित सांसदहरुलाई बधाई दिँदै तृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनु नर्पने र सोच विचार निर्णय गर्ने बताएका छन् । उनले सोचजस्तो नतिजा नआएकाले राजीनामा दिने विषयमा पनि सोचेको सांसदहरुलाई सुनाए ।‘ यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो उनले भने ।