ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानले आफ्नो प्रेमी अर्सलान गोनीको जन्मदिनमा रोमान्टिक अन्दाजमा दिइन् जन्मदिनको शुभकामना — OSNepal

ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानले आफ्नो प्रेमी अर्सलान गोनीको जन्मदिनमा रोमान्टिक अन्दाजमा दिइन् जन्मदिनको शुभकामना

LC (KTM) December 19, 2022 0

एजेन्सी -बलिउड अभिनेता ऋतिक रोशनसँग अलग भएपछि उनकी पूर्वपत्नी सुजैन खान अर्सलान गोनीको प्रेममा परेकी छन् । उनीहरु धेरैजसो एक साथ नै समय बिताइरहेका हुन्छन् ।

सोसल मिडियामा एकसाथ समय बताएका तस्विर सेयर गरिरहन्छन् जसमा लाइक अनि कमेन्ट पनि उत्तिकै आइरहेका हुन्छन । यसै बिच आज सुजैनका प्रमी अर्सलानको जन्म दिन परेको छ । जन्म दिनमा उनले माया नै मायाले भरिएको स्टाटस लेखेर शुभकामना दिएकी छन् । इंस्टाग्राम मा सुजैनले आफ्नो प्रेमीको तस्विर राख्दै शुभकामना दिएकी छन् ।

उनले लेखेकी छन् ‘जन्म दिनको शुभकामना माइ लभ तिमी मेरो खास अविश्वसनीय मान्छे हौ जसलाई म जान्दछु । तिमी मलाइ रामे मान्छे बनाउन चाहान्छौ त्यसैले म तिम्रा लागी जे पनि गर्न सक्छु’ ।

उत्तरमा गोनी लेखेका धन्यबाद मेरी प्रिय । उनको जन्म दिनमा ऋतिक रोशनले पनि जन्मदिनको शुभकामना दिएका छन् । सुजैन र ऋतिक २०१४मा अलग भएका थिए । जो दुई सन्तानका आमा बाबु समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर