वैवाहिक जीवनमा खटपट आएको हल्लाका बिच ऋचाले टिकटकमा हालिन् निशान भट्टराईसँगको रोमान्टिक भिडियो — OSNepal

वैवाहिक जीवनमा खटपट आएको हल्लाका बिच ऋचाले टिकटकमा हालिन् निशान भट्टराईसँगको रोमान्टिक भिडियो

LC (KTM) December 19, 2022 0

काठमाडौं । गायक निशान भट्टराईको वैवाहिक जीवनमा खटपट आएको कुराले नोामली मिडिया खुबै गर्माए । सामाजिक संजालमा एक अर्कालाई अनफलो गरेको देखी एक अर्काका तस्विर भिडियो हटाए सम्मका कुरा बाहिर आए । निशान र पत्नी ऋचा न्यौपानेले विवाह मात्र होइन एकअर्कासँगका तस्वीर लुकाउँदा खटपटको शंकालाई बल मिलेको थियो ।

सम्बन्धविच्छेद’को हल्ला व्यापक बनेपछि यी दुवै जनाले आफूहरुबीचको सम्बन्ध सामान्य रहेको प्रष्टीकरण दिन खोजेका छन् । फेसबुक र इन्स्टाग्रामका एकअर्काका रोमान्टिक तस्वीर पुनः सार्वजनिक गर्दै उनीहरु आफुहरुको सम्बन्भ ठीकठाक रहेको देखाउन खोजेका छन् । ऋचाले टिकटकमा निशानसँगको रोमान्टिक भिडियो पोस्ट गरेकी छन् ।

त्यस्तै डिएक्टिभेड रहेको आफ्नो फेसबुक अकाउन्ट पनि एक्टिभ गरेकी छन् । मिडियामा खबर आएपछि पुनः पोस्ट गर्दै उनीहरुले हल्लालाई खण्डन गर्न चाहेको देखिएपनि मौखिक रुपमा भने यी दुई केही बोलेका छैन् । निशान र ऋचाको जोडीलाई धेरैले रुचाएका थिए । यी दूइको खटपटको खबर बाहिर आएपछि फ्यानहरु दुखी भएका थिए । अब भने फ्यानहरुलाई केही राहात मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर