काठमाडौं – अर्जेन्टिनाले विश्वकप जितेपछि लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला राकुजोले श्रीमान्सँगै उत्सव मनाएकी छिन् । उत्सब मनाउदा यो परिवार निकै खुशी देखिएको थियो ।
३५ वर्षका लियोनेल मेस्सीको यो अन्तिम विश्वकप थियो र उनी विश्वबिजेता बनेका छन् । आइतबार राती खेलिएको विश्व कपको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले जितेको छ ।
ट्रफी जितेपछि लियोनेल मेस्सीले आफ्नो परिवारसँग उत्सव मनाएका हुन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोले जितेपछि खिचाएका तस्विर सेयर गरेकी छन् ।
मेस्सी विश्वकप जितेपछि भावुक भएका मेस्सीले खुशीका आँशु झारेका थिए । भावुक भए र मज्जाले नाचेका पनि थिए । मेस्सी आफ्नी श्रीमती र तीन सन्तानसँग झुमिरहेका थिए ।