काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ ।
कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिनाको खेल चलिरहँदा काठमाडौँमा भूकम्प गएको हो ।
राती १० बजेर ५३ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु धादिगं रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४ दशमलव ५ रेक्टर स्केलको रहेको छ । यसबारेमा थप जानकारी आउन बाँकी नै रहेको छ ।