मेस्सीको टिमका गोलकिपरले ‘एम्बाप्पेलाई फुटबलबारे धेरै थाहा छैन’ भनेपछि... — OSNepal

मेस्सीको टिमका गोलकिपरले ‘एम्बाप्पेलाई फुटबलबारे धेरै थाहा छैन’ भनेपछि…

LC (KTM) December 18, 2022 0

काठमाडौं । संसारभर अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको खेलको प्रतिक्षा र प्रशंसा भइरहेका बेला अर्जेन्टिनी गोलकिपर इमी मार्टिनेजले ‘ फ्रेन्च स्ट्राइकर किलियान एम्बाप्पेलाई फुटबलबारे धेरै थाहा छैन’भन्दै संसारलाई हँसाएका छन् ।

एम्बाप्पेले दक्षिण अमेरिकी फुटबलको आलोचना गरेपछि अर्जेन्टिनी गोलकिपर इमी मार्टिनेजले त्यसको जवाफ फर्काउँदै ‘एम्बाप्पेलाई फुटबलबारे धेरै थाहा भएको बताएका हुन् । एम्बाप्पेले गत मेमा युरोपियन राष्ट्रहरूले ‘एक अर्कासँग उच्च स्तरको फुटबल खेलेर’ विश्वकपका लागि बढी तयार हुने बताउँदै ब्राजिल र अर्जेन्टिनाले त्यस अनुसारको तयारी नपाउने बताएका थिए ।

मार्टिनेजले मात्र होइन अर्का अर्जेन्टिनी खेलाडी लाउटारो मार्टिनेजले पनि एम्बाप्पेको टिप्पणीप्रति प्रतिक्रिया जनाएका थिए । उनले एम्बाप्पेको भनाईलाई ‘अनुचित’ भएको बताएका थिए भने ब्राजिलका पूर्व प्रशिक्षक टिटेले पनि ‘ब्राजिलले अजरबैजानसँग खेल्नुपर्दैन’ भनेर जवाफ फर्काएका थिए । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो ।

कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।

विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् ।

क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर